
बन कार्यालयद्वारा हुँचिलको उद्वार
डिभिजन बन कार्यालय गोरखाले दुईवटा हुँचिलको उद्वार गरेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका ४ छोप्राक र पालङ्टार १ खोप्लाङबाट हुँचिल उद्वार गरेर ल्याइएको डिभिजन बन कार्यालयका प्रमुख तोयानाथ पौडेलले बताए ।
हुँचिल बन कार्यालयमै रहेको र बयस्क भएपछि ंजंगल लगेर छाड्ने बन डिभिजनको तयारी छ ।




