
शुक्रवारदेखि लगातार झरी, उच्च शर्तकता अपनाउन गोरखा प्रशासनको आग्रह
मौसम विज्ञान बिभागका अनुसार शुक्रवारदेखि नेपालका अधिकासं भु–भागमा लगातार झरी पर्ने संभावना छ । बिभागले जारी गरेको बुलेटीन अनुसार मनसुन न्यून चापिय रेखा नेपालको तराई भु–भाग नजिक रहने भएकाले वर्षात हुनेछ ।
लगातार झरी पर्ने संभावना सँगै पहाडी जिल्लामा आउने सक्ने बाढी पहिरोबाट जोगिन गृहमन्त्रालयले सर्वसधारणलाई अनुरोध गरेको छ । पहाडी क्षेत्रमा भुक्षय हुने, पहिरो जाने, सडक, ढल अवरुद्ध हुन सक्ने भएकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार तयारी गर्न जिल्ला प्रशासन मार्फत सबैलाई अनुरोध गरिएको प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए । तयारी गर्न र सचेतनाका लागि प्रशासनले गोरखामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह र सञ्चार माध्याम सबैलाई प्रशासन कार्यालयले अनुरोध गरेको छ । सर्वसाधारणलाई पनि सचेत हुन भनिएको छ ।




