
कोरोना संक्रमितको शव गाड्न अवरोध गरेपछि अबुवा क्षेत्र दिनभर तनाबग्रस्त
कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेपछि गोरखा नगरपालिका १२, १३ र शहिदलखन गाउँपालिका १ बक्राङबेसी आज दिनभर तनबग्रस्त बन्यो । प्रहरी र स्थानीय बिच दिनभर झडप भएको छ । बारम्बार सम्झाउँदा अटेर गरेपछि सात राउण्ड अश्रुग्याँस र बल प्रयोग गर्नुपरेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

आज बिहान गोरखा अस्पतालमा मृत्यू भएका पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको शव दरौँदी र लुदी खोलाको दोभानमा गाड्ने तयारी भईरहँदा स्थानीयले कोरोना फैलन सक्ने भन्दै रोकेका हुन् । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।




