
कोरोनाबाट मृत्यू भएकाको शव अन्त्येष्टी गर्न स्थानीयले रोके
दरौँदी समाचारदाताः कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेका छन् ।संक्रमितको मृत्यू भएको पुष्टि भएसँगै शनिवार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले शहिद लखन गाउँपालिका १ बक्राङ र गोरखा नगरपालिका १२ को सिमानामा पर्ने लुदीखोला दोभानमा शव ब्यवस्थापन गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
प्रहरी सहित जेसिभी पठाएर खाल्डो खन्ने तयारी भएपछि स्थानीयले शव ल्याउन लागेको भन्दै अवरोध गरेका हुन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षिय पुरुषको कोरोनाका कारण आज बिहान मृत्यू भएको हो । कतारबाट असार १६ गते आएका उनी गाउँमै क्वारेन्टिनमा रहेको र शुक्रवार राती स्वास्थ्य समस्या देखिएपछि गोरखा अस्पतालको आइसोलेसनमा रहेका थिए । उपचारको क्रममा उनको मृत्यू भएको हो ।




