| शनिबार, कार्तिक २८, २०८३

गण्डकी प्रदेशको संसदमा उठ्यो गुमेको रुईगाउँको कुरा

 

नेपालले गुमाएको गोरखाको गाउँको बिषयमा गण्डकी प्रदेशसभामा सांसदहरुले आवाज उठाएका छन् ।

हालै घोषित बजेट तथा कार्यक्रमको टिप्पणी गर्ने क्रममा सांसद प्रकाशचन्द्र दवाडीले गोरखाले रुईभोट गुमाएकोमा दुख ब्यक्त गरे ।

‘गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ मा पर्ने १७० घरधुरी रहेको रुई गाउँ चाइनामा परेको बारे मिडियामा चर्चा भइरहेको छ । मुस्ताङको दुई दिन पैदल हिडेर नभ्याइने भूभाग पनि तिब्बततिर गाभिएको भन्ने आएको छ’, सांसद दवाडीले भने, ‘यी दुवै गण्डकी प्रदेशमा पर्ने भएकाले यसको सत्यतथ्य छानबिन गरी संसदमा प्रष्ट पार्न माग गर्दछु ।’

सँधै राष्ट्रवादको कुरा गर्ने सरकारले यस्ता भूभाग खोज्नुपर्नेमा जोड दिए । ‘सँधै राष्ट्रवादको कुरा गर्ने, लिम्पियाधुरा, लिपुलेक र कालापानीको कुरा गर्छौँ, तर अहिले हाम्रै गण्डकी प्रदेशको भूभाग पनि गुमेको भन्ने आएको छ’, उनले भने, ‘यसको खोजबिन गर्नुपर्दैन ? यी कुरालाई पनि ध्यान दिनुपर्छ । हामीले प्रश्न गरेको, हामीले उठाएको कुराको स्पष्ट रुपमा जवाफ चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस्