| शनिबार, कार्तिक २८, २०८३

बन्द भएको ७२ दिनपछि दरौंदी दैनिक पत्रिका प्रकाशन सुरु

कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रकाशन बन्द भएको दरौंदी दैनिक पत्रिका बन्द रहेको ७२ दिनपछि प्रकाशन आरम्भ भएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पत्रिका जेठ ३० गतेदेखि प्रकाशन आरम्भ गरिएको हो ।


बजार बन्द रहेको र पत्रिकाका वितरणबाट भाइरस संक्रमण सर्न सक्ने कारण पत्रिका प्रशासन बन्द गरिएको थियो । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेर बजार खुल्न थालेपछि प्रकाशन पुन आरम्भ गरिएको दरौदी प्रकाशन समूहका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्