
म्याग्दीका कोरोना संक्रमितसंगै आएका गोरखाका एकको खोजी तिब्र, अभिलेखमा अलमल
म्याग्दीका कोरोना संक्रमितसँग एउटै चढेको बस चढेर आँबुखैरेनीमा ओर्लेका गोरखाका एक जनाको खोजी कार्य तिब्र रुपमा भइरहेको छ । गत जेठ नौ गते सुनौलीको नमूना मावि क्वारेण्टाइनबाट म्यादी यातायातको बस चढेर आएकाहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
सो दिनमा गोरखामा काँकडभित्ताबाट १० जना बस चढेर गोरखा भित्रिएका र एक जना पैदल हिडेर आएका उनले बताए । उनीहरु सबैको नाम ठेगाना लिएर खोजिरहेको उनले बताए । ‘काँकडभित्ताबाट आएकाहरुको भन्दा हिडेर आएका एकजनाको खोजी भइरहेको छ । हामी उसको नजिक पुगिसकेका छौं’, उनले भने ।
तर जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने नौ गतेको मितिमा पालुङटार नगरपालिका ९ बिर्दीका एक र सोही नगरपालिका वडा नं. ७ मझुवाका एक जना मात्र भित्रिएको उल्लेख छ ।
उनीहरु दुवै जनालाई धर्मावती आधारभूत विद्यालयमा क्वारेण्टाइनमा राखेर पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेण्टाइनमा पठाइसकिएको सो नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए ।




