| शनिबार, कार्तिक २८, २०८३

जिल्ला प्रहरी कार्यालयमा ६० जनाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सर्वसाधारण सँग कामको शिलशिलामा धेरै सम्पर्कमा रहने क्षेत्रका ब्यक्तीहरुको कोरोना परीक्षण गर्ने क्रम गोरखामा पनि सुरु भएको छ । आज जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ५५ जना प्रहरी र जिल्ला न्यायाधिश, सरकारी वकिल सहित अन्य पाँच जना गरी ६० जनाको कोरोना परीक्षण गरिएको हो ।
कोरोना भए नभएको थाहा पाउन ¥यापिड डाईगोन्स्टिक टेस्ट किट मार्फत कोरोना परीक्षण गरिएको र रिपोट नन रियाक्टीभ आएको स्वास्यकर्मी बिरबहादुर श्रेष्ठले बताए । यस अघि गोरखा अस्पतालका स्वास्थ्यकर्मीको पनि परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्