| शनिबार, कार्तिक २८, २०८३

कसको घर कति खानेकुरा छ, लगत लिएर राहत दिँदै धार्चे गाउँपालिका

गोरखाको उत्तरी धार्चे गाउँपालिकाले सर्वसाधारण जनताको घरमा अहिले के–के खाद्यान्न कति छ भन्ने लगत लिन सुरु गरेको छ । वडा अध्यक्षहरु मार्फत घर, टोल र वडा भित्र कति खाद्यान्न सञ्चित छ र कहिले सम्म पुग्छ भन्ने यकिन गर्न लगत संकलन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘खाद्यान्न हाहाकार भयो भनेर अहिल्यैदेखि हल्ला हुन थाल्यो’ उनले भने ‘यथार्थ अवस्था के रहेछ भनेर हामीले घरघरबाट लगत लिन खोजेका हौँ ।’ संघ संस्था र पालिकाबाट सहयोग पाउने आसमा गाउँगाउँबाट खाद्यान्न अभाव भयो भन्दै टेलिफोन आउने क्रम बढेको र जनप्रतिनिधी सँग बुझ्दा त्यस्तो अवस्था नरहेको उनले बताए । तथ्याङ्क आएपछि चुल्हो बाल्नै समस्या भएका, खान नपाएका, खाद्यान्न नभएका परिवारलाई तत्काल राहत दिने अधयक्ष गुरुङले बताए ।
‘मकै, आलु, कोदो, गहुँ लगायतका खाद्यान्न यहाँ हुन्छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘चामल नभएपछि खाने कुरै भएन भनेर खाद्यान्न माग गर्ने धेरै छन् ।’ स्थानीय उत्पादनले एक महिना थेग्न सक्ने भएकाले अझै केही दिन लकडाउन लब्बिँदा पर्नं सक्ने असरलाई ध्यान दिएर खाद्यान्न बितरणको तयारी भने गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विश्व बिजय शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्