| शनिबार, कार्तिक २८, २०८३

गोरखाको पालुङटार नगरपालिकामा ४१ जनाको एण्टिबडी परीक्षण

पालुङटार नगरपालिका नगरपालिकामा विदेशबाट आएका ४१ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) प्रविधिबाट एण्टिबडी परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय गोरखा र स्थानीय स्वास्थ्य शाखाको सहकार्यमा दुई ठाउँमा शिविर बनाई उनीहरुको एण्टिबडी परीक्षण गरिएको हो ।

नगरपालिकाको वडा नं. ५ ठाँटीपोखरीमा २३ जनाको र वडा नं. ७ खत्रीटारमा १७ जनाको एण्टिबडी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

उनीहरुमध्य ३९ जनाको रीपोर्ट सामान्य रहेको र दुई जनाको थप परीक्षण गर्न पोखरा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्