
लकडाउन उल्लंघन गर्ने सात सवारी साधन प्रहरी नियन्त्रणमा
कोरोना संक्रमणलाई मध्यनजर गरी आव्हान गरिएको लकडाउन उल्लंघन गर्ने सात सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाका बिभिन्न सडकमा चलेका ती सवारी साधनलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो संगै हालसम्म प्रहरीले तीनसय ७५ वटा सवारी साधन नियन्त्रणमा लिएर आबश्यक कारबाही गरिएको जनाएको छ ।




