
गोरखा अस्पतालमा उपचाररतमध्य बिहिबारसम्म कसैमा पनि कोरोना संक्रमण छैन
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखा अस्पतालबाट स्वाब परीक्षणका लागि पठाइएका चारजनामध्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । बिहिबार कसैको पनि स्वाब परीक्षणका लागि नपठाइएको गोरखा अस्पतालले जनाएको छ ।
स्वाब परीक्षणका लागि मंगलबार पठाइएको एक महिला पनि कोरोनामुक्त रहेको रिपोर्ट आएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य अबस्था सामान्य रहेको भए पनि उनलाई बिहिबारसम्म आइसोलेशनमा राखेर उपचार भइरहेको छ भने अन्य दुई जनालाई जनरल वार्डमा सारिसकिएको सो विज्ञप्तिमा उल्लेख छ ।
यसअघि गोरखा अस्पतालले पाँच जनालाई आइसोलेशनमा राखेर उपचार गरिसकेको छ । उपचारपछि १९ जनालाई सेल्फ क्वारेण्टाइनमा, तीनजनालाई संस्थागत क्वारेण्टाइनमा पठाएको जनाएको छ ।
देशभर बिहिबारसम्म छ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।




