
चार जना अष्ट्रेलियन नागरिकको उद्धार
मनास्लु क्षेत्रमा फँसिरहेका चारजना अष्ट्रेलियन नागरिकको उद्धार गरिएको छ ।
धार्चे गाउँपालिकाको माछाखोलामा अलपत्र परिरहेका चार जना अष्ट्रेलियन पर्यटकलाई प्रशासन कार्यालयको अनुमतिमा काठमाडौं पठाइएको गाउँपालिका कार्यालयले जनाएको छ ।
मनास्लु क्षेत्र पदयात्राका लागि गएका उनीहरुलाई फकाएर मंगलबार जीपमा काठमाडौं पठाइएको गाउँपालिकाका कर्मचारी अमृत घलेले जानकारी दिए ।




