
यसरी छर्कियो गोरखा नगरपालिकाले मुख्य बजार क्षेत्रमा क्लोरिन झोल (तस्विरहरु)
विश्वब्यापी फैलिएको कोरोना भाईरसको संभावित संक्रमण रोकथामका लागि गोरखा नगरपालिकाले शनिवारदेखि बजार क्षेत्रमा विषादी (क्लोरिन झोल) छर्कन थालेको छ । ‘बाहिर भएका किटाणुहरुबाट सर्वसाधारणलाई असर नहोस भन्ने धेयले थप सुरक्षित र वातावरण सफा राख्न क्लोरिन छर्किएका हौँ’ नगरप्रमुख राजनराज पन्तले भने ।

शनिवार दिउँसो सदरमुकामको खोलखोलेदेखि हरमटारी, बसपार्क आसपासको क्षेत्रमा नगरपालिका स्वास्थ्य शाखा एवं सरसफाई शाखाका कर्मचारीले क्लोरिन छर्किएका हुन् । उक्त समयमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई नगरपालिकाले सार्वजनीक सुचना जारी गरि अनुरोध गरेको थियो ।

खाद्य सामग्री, लत्ताकपडा सुरक्षित राख्न समेत सर्वसाधारणलाई अनुरोध गरेर झोल छर्किको स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए । शनिवार दुई हजार लिटर पानीमा क्लोरिन झोल राखेर बजार क्षेत्रमा छर्किएको थियो । आईतवार पनि सदरमुकाम बाहिरका बजार क्षेत्रमा छर्किने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।





