कालोबजारी नगर्न पत्रकार महासंघको आग्रह
दरौँदी समाचारदाताः नेपाल पत्रकार महासंघ गोरखाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस त्रासका कारण देखाउँदै दैनिक उपभोग्य बस्तु र यातायात साधनमा ठग्न खोज्नेहरुबाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । पत्रकार महासंघ गोरखा शाखाको शनिवार बसेको बैठकले यातायात साधनमा धेरै भाडा लिएको, उपभोग्य बस्तु नुन, तेल लगायत खाद्यान्न अभाव भएको बाहनामा मूल्य धेरै लिएको गुनासो आएकाले नियमन निकायको ध्यानाकर्षण गराएको अध्यक्ष किशोरजंग थापाले बताए । ‘सर्वसाधारणलाई सचेत र संयम रहन अनुरोध गर्दै, स्थानीय सरकार, प्रशासनलाई अनुगमनको लागि अनुरोध गरेका छौँ’ उनले भने । अहिले यातायात ब्यबसायीहरुले मनोमानी भाडा लिने, दैनिक उपभोग्य सामग्री बिक्रेताले सामानको मुल्यमा मनोमानी गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भन्दै महासंघले यस्तो नगर्न नगराउन संम्बद्ध पक्षमा अनुरोध गरेको छ । सरोकारवाला निकायलाई नियमित अनुगमनमा जोड दिन अनुरोध गर्ने अध्यक्ष थापाले बताए ।
त्यस्तै महासंघले सबै सञ्चारकर्मीहरुलाई आफु सुरक्षित रही समाचार सम्प्रेषण गर्न र कोरोना बाट सचेत रहन आधारभुत उपाय अपनाउन अनुरोध गरेको छ । पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा सकेसम्म ईमेल प्रयोग गर्न, अत्यावस्यक बाहेक भेटघाट नगर्न, भिडभाड हुने स्थानमा नजान, सरकारी वा आधिकारी निकाय को सुचनामा आधारित हुन अनुरोध गरेको छ । पत्रिका बितरणमा सजगता अपनाउन सञ्चारगृहलाई अनुरोध गर्ने जस्ता निर्णय गरेको छ ।
यस्तै महासंघले सञ्चार माध्यामबाट सहि र उचित सुचना सम्प्रेषण गर्ने, गराउने, जनतालाई भय नहुने गरी सुचना सन्देश नियमित सम्प्रेषण गर्न जिल्लाका सञ्चार गृह र सञ्चार माध्याम लाई अनुरोध गरेको छ । कोरोना भाईरसबारे सचेतना जगाउन स्थानीय तह, संम्बन्धित सरकारी निकायले गरेका गतिविधी र क्रियाकलाप बारे नियमित सुचना आदान प्रदान गर्न गराउन, सर्वसाधारण नागरिकलाई आधारभुत र अत्यवश्यक सचेतनाका उपाए अपनाउन र खबर दिँदा मोवाईल र इन्टनरेनटको प्रयोगमा जोड दिने निर्णय गरेको सचिव नरहरि सापकोटाले बताए । साथै जिल्लाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई आवश्यक साधन श्रोत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । पत्र पत्रिका बितरण गर्दा सुरक्षित हुन र कार्यक्षेत्रमा काम गर्दा सचेत रहन सञ्चारर्मीलाई अनुरोध गरिएको छ ।




