
५५ लाख लगानीमा च्याङ्लीको ९१ धुरीमा घरैपिच्छे धारा
पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीको चाँपपानीका ९१ घरधुरीका स्थानीय शनिवार निकै खुसी भए । कारण ः उनीहरुको घरघरमा जडित धारामा पानी झरेको छ । पानी ल्याउन सहयोग गर्ने पालुङटार नगरपालिका, संघ संस्थादेखि सहयोगी सबैसँग उनीहरु खुशी छन् । शनिबार एक कार्यक्रमका बीच चाँपपानी खानेपानी तथा सरसफाई आयोजनाको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले उद्घाटन गरेका हुन् ।
‘अब हामीलाई पिउने पानीका लागि धेरै समय खर्च गर्नुपर्ने बाध्यता हटेको छ’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णकाजी श्रेष्ठले भने । ‘खेर गएको पानीले करेसाबारीमा खेती गर्न पनि सजिलो हुनेछ’ उनले भने । आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख कंडेलले आयोजनालाई नियमित र दिगो बनाउन उपभोक्ता समिति सचेत भएर लाग्नुपर्ने बताए । ‘पानी झरेको छ, यसलाई नियमित गर्नु ठुलो कुरा हो, समिति चनाखो हुनुपर्छ’ नगरप्रमुख कँडेलले भने ‘तपाईहरुलाई नगरपालिकाले पनि सहयोग गर्छ ।’ आयोजना निर्माणका लागि पालुङटार नगरपालिकाको नौ लाख ९५ हजार परियोजनाको तर्फवाट २६ लाख चार हजार, समुदायबाट १८ लाख ७६ हजार लगानी भएको छ ।
श्री स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखा, पालुङटार नगरपालिका, बेलायती अन्तर्राष्टिूय सहयोग नियोग र मट् म्याग्डोनाल्डको आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो । नगरपालिका र केएर नेपाल संगको साझेदरीमा सञ्चालीत खानेपानी तथा सरसफाई पूननिर्माण परियोजना तेस्रो चरण (पुर्णिमा) कार्यक्रम अन्र्तगत उक्त आयोजना सम्पन्न गर्न सहयोग पुगेको छ ।
आयोजनामा एउटा इन्टेक, च्याम्वर, ३६ हजार लिटर क्षमताको दुईवटा रिजर्भभ्वएर टंकी, चारवटा सेक्सनल भल्भ च्याम्वर निर्माण भएको छ । उद्घाटन कार्यक्रममा वडा नं ७ का अध्यक्ष वसन्त कुमार श्रेष्ठ,स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यकारी निर्देशक सीतारम श्रेष्ठ, सचिव संगीता आचार्य, कोषाध्यक्ष प्रशान्त देवकोटाले धारणा राखेका थिए ।




