
ठेकेदारको लापर्वाहीले सडक कालोपत्रे नभएपछि,नयाँसाँघुमा स्थानीयद्वारा सडक अवरुद्ध
निर्माण जिम्मा लिएका ब्यवशायी (ठेकेदार)को चरम लापर्वाहीले चारवर्ष सम्म सडक कालोपत्रे नभएपछि सिरानचोक गाउँपालिका ६ नयाँसाँघुका स्थानीय आन्दोलित भएका छन् । अक्रोशित स्थानीयले आज बिहान ८ बजेदेखि बाह«किलो बारपाक सडक खण्डको नयाँसाँघुमा सडक अवरुद्ध गरेका हुन् ।
२०७३ सालमा दुईवर्ष भित्र कालोपत्रे पुरा गर्ने गरी नागार्जुन त्रिसुली जेभीले ठेक्का लिएको उक्त सडक अहिले सम्म कालोपत्रे भएको छैन । ‘कालोपत्रे होला भनेर कुदाकुर्दै भएन, कति धुलो खाएर बस्नु ? संघर्ष समितिका संयोजक स्थानीय कन्चनकुमार श्रेष्ठले भने । सडक छिटो निर्माण गराउन केहीदिन अघि आम भेला गरेर स्थानीयले १९ सदस्यिय संघर्ष समिति गठन गरेका थिए । आन्दोलनमा स्थानीयलाई जनप्रतिनिधि र सांसदहरुले पनि साथ दिएका छन् । ‘नयाँसाँघु माथिका केही भाग कालोपत्रे भएको छ, बिचको भागमा सँधै अलपत्र छाडेर जनतालाई सास्ती दिने काम निर्माण ब्यवशायीले गरेका छन्, त्यसैको परिणाम स्थानीय सडक आउनुपर्ने अवस्था आयो’ आन्दोलनमा सहभागी गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले भने ।

उक्त सडक गोरखास्थित ११ किलो छेवेटार भालुस्वारा बारपाक सडक आयोजनाले २०७३ मा ठेक्का लगाएको थियो । समयमै काम पुरा हुन भने सकेन । अहिले उक्त खण्डको करिब १३ किलोमिटर सडक मध्येपहाडी लोकमार्गमा पर्ने आयोजना कार्यालय प्रमुख सौरभ बज्राचार्यले बताए ।

मध्येपहाडी लोकमार्गको पालुङटारस्थित आयोजना कार्यालयका प्रमुख रमेश दृष्टिले स्टमेट तयार गरेर ठेक्का लगाउने अन्तिम तयारीमा रहेको बताए । सडक अवरुद्ध हुँदा बारपाक, बालुवा, सौरपानी, सिम्जुङ, भच्चेक लगायत ठाउँबाट आउने सवारी रोकिएको छ भने बाह«किलोहुँदै जाने सवारी पनि चलेको छैन । पहिलोदिन भएकाले शनिवार ११ बजे सम्म (तीनघण्टा) सडक अवरुद्ध पार्ने चेतावनी स्थानीयले दिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सडक खुलाउने प्रयास भईरहेको बताए ।
तस्विर सौजन्य ः भिमसेनमान श्रेष्ठ




