| शनिबार, कार्तिक २८, २०८३

छिट्टै पुर्नबास टुङ्गिन्छ, बुढीगण्डकीले गती लिन्छ : नेकपा अध्यक्ष दाहाल

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखाको बिकासका लागि १२ सय मेघावाटको बुढीगण्डकी परियोजना अत्यावश्यक रहेको बताएका छन् ।

नेपालका प्रथम शहिद लखन थापाको एक सय ४३ औँ स्मृती दिबसको अवसरमा शहिद लखन गाउँपालिका ७ मा आज आयोजित कार्यक्रममा बोल्दै उनले मुआब्जाको अन्यौल टुङ्गिएकाले अब पुर्नबास र पुर्नस्थापनाको काम अघि बढ्ने दावी गरे ।

‘जुन गतीमा काम हुनुपथ्र्यो त्यो अनुसार भने भएन’ उनले भने ‘बहुआयमिक आयोजना भएकाले बुढीगण्डकी निर्माणले देशकै अर्थतन्त्रमा गुणात्मक भुमिका खेल्छ ।’

 

संविधान अनुसार नयाँ ऐन, कानुन नियम बनाउनुपर्ने, कर्मचारी खटाउनुपर्ने, संरचना बनाउनुपर्ने कारणले चाहेजस्तो गती देशले अझै नलिएको अध्यक्ष दाहालले बताए ।

कृषि, जलस्रोत, पर्यटन, जडिवुटी र बिकासका निम्ति नयाँ युग आउने गरी बिकास र समृद्धीतर्फ देसलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

करिब आधा घण्टा समय संवोधन गरेका उनले लखन थापालाई राष्ट्रिय विभुतीको रुपमा सम्मान गर्ने विषयमा सकारात्म र रचनात्मक पहल गर्ने बताए । फागुन २ गते स्मृती सभालाई केन्द्रिय रुप दिन आफुले सहयोग गर्ने उनको आश्वासन दिए ।

शहिद लखन गाउँपाकिाले हरेक वर्ष स्मृती दिबसको असवरमा पालिका भित्र सार्वजनिक बिदा दिँदै आएको छ ।

शहिद लखन थापा सँगै मारिएका उनका सहयोगी जैयसिं चुमि राना मगरलाई शहिद घोषण गर्नुपर्ने, लखन थापाको स्मृती दिबसको दिन सरकारले देशब्यापी बिदा दिनुपर्ने माग गाउँपालिका अध्यक्ष रमेश थापाले राखेका थिए । गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण आले, कार्यक्रममा गण्डकी प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत, सांसद हरिराज अधिकारी लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्