| शनिबार, कार्तिक २८, २०८३

मन्त्री र सांसद खोज्दै जिसस पोखरा पुग्यो

पर्यटकीय गन्तब्य छनौटमा ढिलाई गरेका गोरखा प्रदेश संसादहरुले अन्ततः दुई दिनमै स्थान छनौट गरेका छन् । गण्डकी प्रदेशका निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मध्ये एक÷एक पर्यटकीय गन्तब्य छनौट गरेका    हुन् ।

गोरखा क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित लेखबहादुर थापाले शहिद लखन गाउँपालिकाको मनकामना मन्दिर नजिकै थानडाँडामा भ्यू टावर निर्माण गर्ने योजना छानेका छन् । १ ‘ख’ बाट निर्वाचित रामशरण बस्नेतले लार्केपास पदमार्गमा स्तरोन्नती गर्ने योजना लाई प्राथमिकता दिएका छन् ।

गोरखा क्षेत्र नम्बर २ ‘क’ का सांसद हरिशरण आचार्यले लिगलिगकोटमा सुचना केन्द्र निर्माण गर्ने, ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले नागपोखरी जाने पदमार्ग स्तरोन्नती गर्ने योजना छानेका छन् । यसरी छनौट भएका योजनामा खर्च गर्ने गरी चालु वर्ष गण्डकी प्रदेश सरकारको पर्यटन बन तथा बातावरण मन्त्रालयले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने गरी बिभिन्न १० वटा मुख्य गन्तब्य मध्ये चारवटा छनौट गरेर पठाउन मन्त्रालयले निर्देशन गरेको हो । जिल्ला समन्वय समितिका खरिदार दिपक गुरुङले प्रदेश राजधानी पोखरा पुगेर बिहिवार सांसदहरु लाई माईन्यूटमा हस्ताक्षर गराएका हुन् । ‘मैले मन्त्रालयमा निर्णय सहितको बिवरण बुझाएर आएको हुँ’ उनले भने ।

यस पर्यटन मन्त्रालयले पुस मसान्त भित्र चारवटा पर्यटकीय स्थल तोकेर पठाउन निर्देशन गरेको थियो । सांसद मध्येपनि जेष्ठ सदस्य भौतिक पूर्वाधार बिकास मन्त्री समेत रहेका राम शरण बस्नेत सहित सांसदले समय नदिँदा एक महिना ढिला गरि पर्यटकिय गन्तब्य छनौट भएको हो । सबैभन्दा ढिला बिवरण गोरखाबाट पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्