| शनिबार, कार्तिक २८, २०८३

आँबुखैरेनीमा माइक्रो र बस ठोक्‍किँदा १७ घाइते

गोरखा : तनहुँको आँबुखैरेनीमा माइक्रो र बस ठोक्‍किँदा १७ जना घाइते भएका  छन् । पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोक्‍किँदा दुर्घटना भएको हो । आबुखैरेनी-२ स्थित नरिघाटमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपि लिलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्