
गोरखादेखि बारपाकसम्म मोटरसाइकल र्याली फागुन १० गते हुने, दर्ता शुल्क रु २५०० मात्र
आषिश कुमार भट्ट :
भ्रमण वर्ष सन् २०२० मा गोरखामा आन्तरीक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामदेखि बारपाक सम्म हुने मोटरसाईकल र्यालीको तयारी तिव्र पारिएको छ ।
गोरखा युथ क्लवले फागुन १० गते चार सय भन्दाबढि मोटरसाईकल सहित यात्रा गर्न लागेको क्लवका अध्यक्ष सुमन गुरुङले बताए । यस अघि फागुन ७ गते गर्ने भनिएको यात्रा १० गतेको लागी सारिएको हो ।
यात्रामा सहभागी हुन इच्छुक व्यक्तिले दुई हजार पाँच सय रुपैँया बुझाउनु पर्ने छ । यस अघि चार हजार शुल्क तोकिएपनि युवाहरुको सहभागिता बढाउन शुल्क घटाइएको क्लवले जनाएको छ ।
गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका सहित स्थानीय तहहरुको पर्यटकिय स्थलको प्रचार प्रसारमा साईकल यात्राले सहयोग पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रञ्जितकुमार श्रेष्ठले बताए । ‘भ्रमण वर्षमा गोरखा र भुकम्पको केन्द्रबिन्दु बारपाकको प्रचार गर्ने उद्देश्य हो’ क्लवका सल्हाकार समेत रहेका संयोजक श्रेष्ठले भने ।
काठमाण्डौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट मोटरसाईकल यात्रामा युवाहरु सहभागी हुनेछन् । १८ वर्ष उमेर भएको, लाईसेन्स भएकाले दुईहजार पाँचसय रुपैयाँ तिरेर सहभागीता जनाउन सक्ने संयोजक श्रेष्ठले बताए ।
बिहान खाना, खाजा, बारपाकमा होमस्टेमा खान बस्न सहित पाँच सय रुपैयाँको पेट्रोलको ब्यवस्था गरिने क्लवले जनाएको छ ।
सहभागी मध्येबाट गोलाप्रथा गरि पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार पुरस्कार सहित १० जनालाई हेलमेट उपहार दिने योजना गरिएको अर्का सल्हाकार दिपेन्द्र श्रेष्ठले बताए ।
बारपाकमा साँस्कृतीक कार्यक्रम गरिने तय भएको छ । स्थानीय क्लव, समुह र होमस्टेको संयोजनमा यात्रामा सहभागीलाई आबासको ब्यवस्था मिलाइएको छ ।




