
केरौँजाको मोवाईल टावर चल्यो, उहियामा केही दिनभित्र चल्ने
उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ केरौँजामा नेपाल टेलिकमको टावर आईतवारदेखि संचालनमा आएको छ । टावर सुचारु भएसँगै गुम्दा, लाप्राक, उहिया र केरौँजाका सर्वसाधारणले नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्न सक्ने नेपाल टेलिकम गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले बताए ।
‘दुर्गम ठाउँ भएकाले टावर चलाउन धेरै समय लाग्यो, प्राविधिक काम गर्न पनि समय धेरै खर्च गर्नुप¥यो’ उनले भने ‘एक करोड भन्दा बढि खर्च लाग्यो ।’ विद्युत अनिवार्य चाहिने भएकाले टावर चलाउन दुर्गम गाउँमा बत्ती पु¥याउन धेरै खर्च लाग्ने गरेको उनले बताए । धार्चे गाउँपालिका वडा नम्बर ३ उहियामा केही दिन भित्र टावर सञ्चालनमा आउने गरी काम भईरहेको टेलिकम गोरखा शाखाले जनाएको छ ।
‘उहियाका स्थानीय फोन गर्न एक घण्टा माथि पैदल हिँडेर जनुपर्ने बाध्यता छ । टावर यही हप्ताबाट सुचारु गर्ने तयारी हामीले गरेका छौँ’ प्रमुख श्रेष्ठले भने । उहियामा टावर सुचारु भएपछि खोर्लाबेशी, तातोपानी, हुल्चुक र रुन्चेतका बासिन्दाले पनि मोबाइल सेवा प्रयोग गर्न पाउने उनले बताए ।
केरौँजाको टावरले भने आरुघाट गाउँपालिकाको केही क्षेत्र समेत समेट्नेछ । धार्चे गाउँपालिकाको उहिया र केरौँजामा नेपाल टेलिकमको टावर नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । गाउँपालिकालाई त्यहाँका वडा कार्यालयमा सम्पर्क गर्न, दोहोरो सञ्चार गर्न समस्या भएको थियो । सहजै फोन नलाग्ने हुँदा गाउँमा भएका गतिविधि बारे थाहा पाउन धेरै समय कुर्नुपर्ने बाध्यता रहेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘टावर अहिले चलेर मात्र भएन, नियमित हुनुप¥यो’ उनले भने ‘जनताको गुनासो र समस्या सुन्न दोहोरो संवाद गर्न पाएका छैनौँ ।’ गाउँपालिकाले जनताको गुनासो सुन्न सञ्चालनमा ल्याएको ‘हेल्लो गाउँले प्रमुखु’ सेवा समेत त्यहाँका स्थानीयले प्रयोग गर्न पाएका छैनन । ‘दुर्गम भएकाले समस्या आएपछि प्राविधिक हत्तपत्त पुग्दैनन् ।’ बिग्रिएपछि समयमै मर्मत गर्न गाउँपालिका अध्यक्षले टेलिकमलाई आग्रह गरेका छन् ।




