
पर्यटकीय स्थलको प्रचासप्रसार गर्न गोरखा नगपालिकाले बनायो यस्तो गित (भिडियो सहित)
गोरखा नगरपालिकाले गोरखाको प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले गित सार्वजनिक गरेको छ । शनिवार सदरमुकाममा आयोजित पृथ्वीनारायण शाहाको एकिकरण सम्बन्धि प्रवचन तथा अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार गुरुङले गित सार्वजनिक गरेका हुन् ।
गोरखा नगरपालिकाले तयार गरेको उक्त गितमा गोरखाका ऐतिहासिक धार्मिक सम्पदाहरु गोरखा दरबार, गोखनाथ, गोरखकाली, संग्राहालय, भिमसेन पार्क, चिल्ड्रेन पार्क, पश्चिमकाली लगायत क्षेत्रको विषय समेटिएको छ । सब्द र दृष्य दुबैमा गोरखाको चर्चा गरिएकाले गितले राम्रो प्रचार पुग्ने अपेक्षा गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।
गितको भिडियोमा गोरखाका पर्यटकिय गन्तब्यहरुको दृष्य राखेर तयार गरिएको छ । डाक्टर राजुबाबु श्रेष्ठ र सुनिल मास्केको रचनामा तयार भएको हो। ‘भ्रमण वर्ष २०२० लाई लक्षित गरि गोरखा नगरपालिका भित्रको पर्यटकिय गन्तब्यको प्रचार प्रसार गर्न गितले ठुलो मद्धत पुग्छ’ नगरप्रमुख पन्तले भने ।




