
सामुदायिक सेवा केन्द्र र प्रहरीद्वारा पुस्तक संकलन अभियान सुरु
दरोँदी समाचारदाताः सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले पुस्तक संकलन अभियान आजदेखि सुरु गरेको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा एक कार्यक्रम गरी पाठकले पढिसकेका पुस्तक संकलन थालिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । पुस्तक भएका जो कोहीले पनि दिन चाहेमा पाँच दिन सम्म हरमटारी चोकमा रहेको स्टलमा हस्तान्तरण गर्न सक्नेछन् ।
संकलन गरिएको पुस्तक कारागार शाखा गोरखाका कैदीबन्दीलाई पढ्न उपलब्ध गराउने योजनाले अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए । पुस्तक संकलन अभियानको औपचारीक कार्यक्रम गरि सुभारम्भ गरिएको हो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्युतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसपी अधिकारी, पत्रकार महासंघ गोरखाका सचिव नरहरि सापकोटा लगायतले धारणा राखेका सामुदायिक सेवा केन्द्रका सचिव रामहरी केसीले बताए ।
अभियानको क्रममा पाँच दिन हरमटारी चोकमा संकलन स्टल राखिने र त्यसपछि पनि पुस्तक दिन चहानेहरुले सामुदायिक सेवा केन्द्र वा प्रहरी कार्यालयमा दिन सक्नेछन् । अभियानको पहिलो दिन गोरखा क्षेत्र नम्बर २ प्रदेश ख का सांसद प्रकाशचन्द्र दवाडीले पुस्तक हस्तारण गरेर अभियान थालनी गरेका थिए । अन्य सर्वसाधारणले पनि पुस्तक हस्तारण गरेका थिए । 




