| शनिबार, कार्तिक २८, २०८३

गोरखामा बेच्ने गरेको तरकारीमा बिषादीको मात्रा धेरै

गोरखा बजारका विभिन्न तरकारी पसलमा बिक्रीवितरण भइरहेका तरकारीमा विसादिको मात्रा बढी भेटिएको छ ।

कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाको नेतृत्वमा गोरखा नगरपालिका र विषादी परिक्षण प्रयोगशाला आबुखैरेनीको प्राविधिक सहितको टोबालीट गोरखा बजारका विभिन्न १० वटा तरकारी पसलबाट १० किसिमका तरकारीहरुको नमुना संकलन गरि द्रुत विषादी परीक्षण प्रयोगशाला आबुखैरेनीमा विषादीको अवशेषको मात्रा परीक्षणको लागि पठाएको थियो।

परिक्षणका लागि गोलभेडा, भेडे खुर्सानी, च्याउ, काक्रो, केरा, काउली, भन्टा, आलु, सिमी, जुकुनी फर्सीका नमुना लिइएको थियोे । प्रयोगशालाको नतिजा अनुसार गोलभेडा, च्याउ र जुकुनी फर्सिमा विषादीको अवशेषको मात्रा बढी पाइएको छ भने अन्य तरकरीका नमुनामा भने विषादी अवशेषको मात्रा कम र खान योग्य रहेकोे पाइएको छ ।

साधरणतया तरकारी तथा फलफूलमा विषादी अवशेषको मात्रा ३५ प्रतिशत भन्दा कम भएमा खान योग्य मानिन्छ । त्यसैगरी ३५ प्रतिशत देखि ४५ प्रतिशत विषादी अवशेषको मात्रा भएमा केही दिन पर्खेर खान मिल्ने र सो मात्रा ४५ प्रतिशत भन्दा माथि पाइएमा खान अयोग्य मानिन्छ ।

बढी विषादी अवशेष भएका गोलभेडा र जुकुनी फर्सी नारायणगढबाट भित्रिएको तथा च्याउ भने बजार आसपास कै किसानहरुबाट ल्याइएको व्यवसायी बताउँछन्। गोरखा बजारमा धेरैजसो तरकारी नारायणगढ, फिस्लिङ तथा तनहुँको याम्पाफाट बाट आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्