
बारपाक सुलीकोटमा ९० बर्ष कटेका वृद्धवृद्धालाई फाइबरको सिरक
बारपाक सुलीकोट गाउँपालिकाले आफ्नो पालिकाभरिका ९० बर्ष कटेका जेष्ठ नागरिकलाईलाई फाइबरको सिरक बितरण अभियान सुरू गरेको छ ।
लक्षित बर्गको बजेटको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सबै वडाका ९० बर्ष कटेका एकसय ३० जना वृद्धवृद्धालाई करीब तीनहजार रुपैयाँ पर्ने फाइबरको सिरक वितरण गर्न सुरु गरिएको गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङले जानकारी दिइन् ।
उनका अनुसार हालसम्म वडा नं. १ र २ अन्तर्ग पर्ने बारपाक गाउँका ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण कार्य सम्पन्न भएको छ । सोमबार पन्द्रुङमा वितरण गर्ने कार्यक्रम रहेको उपाध्यक्ष गुरुङले बताइन् ।
सो गाउँपालिकामा आठ वटा वडाहरु छन् । सबै वडाअध्यक्षलाई ९० बर्ष कटेका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गर्न लगाएर वितरण सुरु गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् । लाई न्यानो कपडा र कम्बल बितरण कार्यक्रमको थालनी शनिबार बारपाक गाउँबाट गरिएको हो ।
त्यसैगरी गाउँपालिकाले प्रत्येक महिना जेष्ठ नागरिकलाई घरमै पुगेर स्वाथ्य जाँच गर्ने र निशुल्क उपचार सेवा सुरु भएको जनाएको छ ।




