
दरौंदी प्रकाशनको अध्यक्षमा किशोरजंग थापा
गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौंदी दैनिकको प्रकाशन जिम्मेवारी शनिबारदेखि किशोरजंग थापाले सम्हालेका छन् । शनिबार सम्पन्न प्रकाशन समूहको भेलाले थापालाई अध्यक्ष तथा प्रकाशकको जिम्मेवारी सुम्पिएको हो ।
बिगत सातबर्षदेखि सो पत्रिकाको अध्यक्ष तथा प्रकाशक भाइचन्द्र श्रेष्ठ थिए ।
जिम्मेवारी हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष श्रेष्ठले पत्रिकालाई नयाँ जोश तथा उत्साहका साथ अघि बढाउन शुभकामना दिए ।
सातबर्षदेखि निरन्तर प्रकाशन गरी प्रदेशस्तरको क बर्गमा पार्न सफल भएको भन्दै अध्यक्ष तथा प्रकाशक थापाले निवर्तमान अध्यक्ष र उनको टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।
थापाले दरौंदी प्रकाशनको गरिमा बढाउन आफू अनवरत खट्ने र नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
दरौंदी प्रकाशनबाट हाल दरौंदी दैनिक पत्रिका तथा दरौंदी अनलाईन सुचारु छ । भविष्यमा सञ्चारका नयाँ संस्करणहरु पनि थप्न प्रयास गर्ने थापाले बताए ।
थापा नेपाल पत्रकार महासंघ, गोरखाका अध्यक्ष र रेडियो गोरखाका स्टेशन मेनेजर पनि हुन् ।
दरौंदी दैनिक २०५५ साल वैशाख १ देखि प्रकाशनमा रहेको पत्रिका हो । सुरुमा पाक्षिक रुपमा प्रकाशन रहेको सो पत्रिका साप्ताहिक हुदै २०६९ सालदेखि दैनिक रुपमा प्रकाशन भएको हो ।




