| शनिबार, कार्तिक २८, २०८३

गोरखा गेटमा लखन थापाको शालिक राख्न माग

आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मुख्यद्वार(गोरखागेट) मा नेपालका प्रथम शहीद लखन थापाको सालिक राख्न नेपाल राष्टिूय मगर संघले माग गरेको छ । संघको बुधबार सम्पन्न तेस्रो अधिवेशनले गोरखा नगरपालिकाले निर्माण गरिरहेको गोरखा गेटमा लखन थापाको सालिक निर्माण गर्न माग गर्ने निर्णय गरेको संघका निवर्तमान अध्यक्ष कृष्ण आलेले जानकारी दिए ।

नेपाली काँग्रेस निकट मगरहरुको संस्था नेपाल राष्टिूय मगर संघको सोही अधिवेशनले योसहित पाँच बुँदे घोषणा पत्र जारी गरेको आलेले जानकारी दिए ।
आफ्नो भाषा, धर्म र सस्कृतिको संरक्षण र जगर्ने गर्न विभिन्न खालका जागरण अभियान चलाउने सो घोषणापत्रमा उल्लेख गरिएको छ । मगरहरुको बसोबास रहेका हरेक स्थानीय तह र मातहतका वडाहरुमा संगठन बिस्तार गर्ने, हकहितका लागि आवाज बुलन्द पार्नेसमेत घोषणापत्रमा उल्लेख छ ।
गोरखाको धार्चे र चुमनुब्री बाहेक सबै स्थानीय तहमा मगर समुदायको बसोबास छ । अधिवेशनले भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र तत्काल फिर्ता गर्र्नु पर्ने नेपाल राष्टिूय मगर संघको माग छ ।

अधिवेशनले माधव थापामगरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपसभापतीमा रुद्रबहादुर पुलामी मगर, सचिवमा लोकबहादुर थापामगर, कोषाध्यक्षमा कुमारीदेवी थापामगर, सहसविचमा शंकरबहादुर थापामगर रहनुभएको भएको छ । मोहनबाबु थापामगर, जगनबहादुर थापामगर, बृहस्पति आलेमगर पे्रमबहादुर थापा मगर, सूर्य जिरेल मगर, सुवास थापामगर, दिल राना मगर, अमृत थापामगर, भुजमान थापामगर सदस्य रहेका छन् ।

संघका जिल्ला सभापति कृष्ण आलेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव नारायण लामिछाने, जिल्ला सदस्यहरु विश्वदेव श्रेष्ठ, हरिहर सिंह थापा, दुर्गा गुरुङ, क्षेत्रीय सभापति गोबिन्द गुरुङ, नेपाल राष्ट्रिय मगर संघका प्रदेश सहसचिव माधव थापा, सदस्य लक्ष्मी थापामगर लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनमा धार्चे र चुमनुब्री बाहेक सबै स्थानीय तहका प्रतिनिधि परिवेक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्