| शनिबार, कार्तिक २८, २०८३

लाप्राक नमुनाबस्तीबाट नेपाली सेना बाहिरियो, बस्ती सुरक्षाका लागि प्रहरी परिचालन

धार्चे गाउँपालिका ४ गुप्सीपाखाको लाप्राक नमुना बस्ती पुनर्निर्माणमा दुई वर्ष १० महिनादेखि खटिएको नेपाली सेनाले बस्ती छाडेको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अनुरोधमा झण्डै तीनबर्षदेखि काम गरेको नेपाली सेनाले बुधबारदेखि बस्ती छाडेको रणसिँह दल गण गोरखाले जनाएको छ ।

तीनबर्षदेखि खटिएको सेना बुधबारदेखि विधिवत रुपमा व्यारेक फर्किएको रणसिँह दल गणका गणपति प्रमुख सेनानी उज्वल केशीले बताए बस्ती निर्माणमा खटिएका सेनाको टोलीलाई लाप्राकका बासिन्दाले बुधबार फूलमाला लगाएर बिदाइ गरेका थिए । जिम्मेवारी पूरा गरी फर्किएको सेनाले जनाएको छ । ‘नेपाली सेनालाई दिइएको जिम्मेवारी पूरा गरेर ब्यारेक फर्किएका हौँ’, गणपति केसीले भने ‘दक्ष र अर्धदक्ष गरी एक लाख १७ हजार छ सय २५ जनाले काम गरेका थिए ।’

५२ हजार आठ सय १५ दिन दक्ष र ६४ हजार आठ सय १० दिन अर्धदक्ष जनशक्तिले काम गरेका प्रमुख सेनानी केशीले बताए । बस्तीमा सेनाले घरको जग खन्ने, डिपिसी गर्ने, वायरिङ गर्ने, छानो छाउने, गारो लगाउने, वेल्डिङ गर्ने, रङ लगाउने काम गरेको थियो । २०७२ बैशाख १२ गते गएको बिनासकारी भुकम्पमा ध्वस्त लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा एनआरएनएले लिएको थियो । एनआरएनएको अनुरोधमा नेपाली सेनाले बस्ती निर्माणको काम सघाउँदै आएको हो ।

२०७३ माघ देखि नेपाली सेना गुप्सिपाखाको नमुना बस्ती निर्माणमा खटिएको थियो’ गणपति केसीले भने ‘सेनाले ८ करोड २८ लाख ८९ हजार रुपैयाँ बरावरको श्रमदान गरेको छ ।’ २०७६ असार मसान्त सम्म सेनाले बस्तीमा श्रमदान गरेको थियो भने त्यसयता सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली सुरक्षार्थ त्यहाँ खटिएको थियो ।

सेना हटेपछि सेनाले छाडेपछि बस्तीको सुरक्षाका लागि बुधबार नै प्रहरीको टोली खटिएको छ । बस्ती हस्तानान्तरण नहुँदासम्म नेपाल प्रहरीको टोली त्यहाँ रहने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘निर्माण सामग्री र बस्तीको सुरक्षाका लागि प्रहरी खटिने छन्’, उनले भने, ‘बस्ती बनेपछि चौकी राख्ने विषयमा थप निर्णय हुनुपर्ने भएकाले त्यो प्रक्रियामा छ ।’ लाप्राक गाउँको पाँच सय ७३ घर निर्माणको काम अन्तिम चरणमा पुगेको एनआरएनएले जनाएको छ ।

अहिले सौचालय बनाउने काम भइरहेको एनआरएनले जनाएको छ । गुप्सीपाखाको बस्ती निर्माणमा खटिएका सेनाको योगदान लाप्राकबासीले कहिल्यै नबिर्सने धार्चे ४ का वडा अध्यक्ष राज गुरुङले जनाए । ‘सेना नखटिएको भए अहिले भएजति काम हुने थिएन’, अध्यक्ष गुरुङले भने ‘हिमपात भएका बेला पनि सेनाले अथक मिहिने गरेका कारण बस्ती यो अवस्थामा छ ।’ गोरखा नगरपालिका वडा नं. ११ को तारानगर साना किसान कृषि सहकारी संस्थाले तेर िराख्नु हुदैन।

प्रतिक्रिया दिनुहोस्