| शनिबार, कार्तिक २८, २०८३

व्यवसायिक रुपमा नौमति बाजा बजाउने तयारीमा अपाङ्गहरु

अपाङ्गता भएका गोरखाका ११ जनाले नौमति वाजा समूह बनाएका छन् ।

नेपाल नेत्रहीन संघ गोरखाको समन्वयमा एक महिने तालिम लिएपछि जिल्लाका विभिन्न ठाऊँका ११ जनाले वाजा समूह बनाएका हुन् । बाजा समूहमा धेरैजसो माँशपेशी र हाडजोर्नी सम्बन्धी समस्याका कारण अपाङ्गता भएकाहरु छन् ।

केही निम्न दृष्टिबिहिनले पनि नौमति बाजाको तालिम लिएका छन् । सुरुका दिनहरुमा वाजा राम्रोसँग समाउन समेत नसक्ने उनीहरु अहिले भने कुशलतापूर्वक बाजा बजाउन सक्ने भएका छन् ।

अझै केही महिना तालिम दिन सके उनीहरुको बाजा समूह ब्यवसायिक बन्न सक्ने अपाङ्गता भएकाहरुलाई नौमती बाजा बजाउने तालिम दिएका गोरखा नगरपालिका वडा नम्वर ४ फिनामका भक्तबहादुर परियारले बताए । नौमति बाजाको तालिम लिएका धेरैजसोले अपाङ्गता भएकै कारण आयआर्जनको काम गर्न नसकिएको बताएका छन् ।

केहीले सामान्य खेतीपातीको काम गरेपनि धेरैजसोको भने आम्दानीको दिगो स्रोत छैन । थप केही महिना तालिम लिएर ब्यवसायिक रुपमै वाजा बजाउन सुरु गर्ने उनीहरुको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्