| शनिबार, कार्तिक २८, २०८३

जहातही अब्यवस्थित सडक खन्न जोड नगरौ : डाक्टर भट्टराई

पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ का सांसद डाक्टर बाबुराम भट्टराईले अहिले स्थानीय तहहरुले अब्यवस्थित सडक निर्माण गरिरहेका बताएका छन् । जिल्ला समन्वय समिति गोरखाले बिहिवार आयोजना गरेको जिल्ला स्थित स्थानीय तह र विषयगत कार्यालय, संघ संस्थाहरुको वार्षिक प्रगती समिक्षा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

‘सडकलाई प्राथमिकता दिएका छौँ, राम्रो हो तर वडाको केन्द्र र पालिका जोड्ने गरी निर्माण गरौँ, उपयोग कम हुने, उत्पादन नदिने ठाउँमा लगानी गरेर काम छैन’ भट्टराईले भने । सडक, पानी, बिजुली, स्वास्थ्य, शिक्षा प्रथमिकतामा हुनुपर्ने बताउँदै उनले स्थानीय, प्रदेश र संघ सरकारको बिकास निर्माणमा तालमेल नदेखिएको बताए । कुन योजना कसले सञ्चालन गरेको हो भन्ने बारे छुट्याउन नसक्ने अवस्था रहेको उनले बताए । एउटै योजनामा दोहोरो बजेटको खतरा रहेको बताउँदै उनले तिनवटै तह मिलेर बिकास र समृद्धीमा काम गर्नुपर्नेमा जोड दिए । जिल्ला भित्रका पालिकाहरुलाई पनि साझा समजदारी बनाएर अघि बढ्न सुझाब दिँदै उनले प्राथमिकताको आधार तयार गरेर अघि बढ्न अनुरोध गरे ।

फरक प्रशंगमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले सरकारको कार्याशैलीमाथि प्रश्न गरेका छन् ‘सत्ता साँझेदार दल सँग सल्लाह नगरी लोकतन्त्रको स्थापित मान्यता बिपरित प्रधानमन्त्रीले मन्त्रीमण्डल फेरबदल गरे ।’ प्रधानमन्त्रीको कार्यशैली स्वेछाचारी र निरङंकुस देखिएको बताउँदै उनले देशलाई अहित गर्ने दिशातर्फ उन्मुख भएको आलोचना गरे ।

समाजवादी पार्टीका मन्त्री र पार्टी सँग सल्लाह नगरी मन्त्रालय फेर्नु, मन्त्रीमण्डल बिस्तार गर्नु बेठिक भएको बताए । मन्त्रीमण्डल फेरबदल प्रधानमन्त्री एक्लैले गर्न सक्ने भएपछि यस अघिको मान्यता अनुसार सत्तामा रहेका दल र मन्त्री सँग छलफल गर्ने परम्परा रहेको भट्टराईले बताए । समाजवादी पार्टी सत्ताका लागि सरकारमा नगएको तर्क गर्दै उनले संविधान संशोधनको विषयमा सरकार गम्भिर नभएको आरोप लगाए । ‘डेढ वर्षदेखि संविधान संशोधनको विषयमा सरकारले चासो दिएको छैन’ उनले भने ‘अन्तिम एक पटक संवाद गर्छौँ, सकारात्मक नदेखिए सरकार छाड्छौँ ।’

नेपालको सिमाना भारतले मिचेर नक्सा सार्वजनीक गरेको विषयमा कुटनितिक पहलबाट समस्या समाधान गर्ने सर्वदलिय बैठकमा निश्कर्ष निस्किएपनि प्रधानमन्त्रीले पहल नगरेको गुनासो उनको छ ।

प्रतिक्रिया दिनुहोस्