
क्षेत्र नं. २ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छनौट (कुन शीर्षकमा कति बिनियोजन भए ? पूर्ण बिबरणसहित)
सांसदहरुले बिनियोजन गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गोरखा क्षेत्र नं. २ को बजेट तथा कार्यक्रम छनौट गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसद बाबुराम भट्टराई संयोजक तथा राष्ट्रिय सभा सांसद सुरेन्द्रराज पाण्डे तथा प्रतिनिधि सभा सांसद चुडामणि खड्का सम्मिलित सोमबारको बैठकले सो शीर्षकको छ करोड रुपैयाँ बिनियोजन गरेको हो ।
बैठकले चालु आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न गर्नेगरी ३२ वटा शीर्षकमा बजेट बिनियोजन गरेको जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार ५० लाख रुपैयाँको छ वटा योजना तय गरिएको छ । कुलगाउँ, पोखरी इस्नान मान्द्रे सडकका लागि, अलैची संकलन प्रशोधन केन्द्र निर्माणका लागि, सिरानचोक चक्रपथ निर्माणका लागि, जोर्तीचौतारा बेलाबास कोलकाटे खुर्पाजुङ वडा कार्यालय सडक स्तरोन्नतीका लागि, अल्को चिलाउने, नयाँगाउँ, सापकोटाटार ठाँटीचौर सडकका लागि र छेपेटार मिलनचोक तारामावि सिमलपानी सडकका लागि ५० लाखका दरले बजेट बिनियोजन गरिएको हो ।
त्यस्तै २० लाख रुपैयाँका दुई योजना बिनियोजन गरिएको छ । देउरालीबाट अन्नपूर्णमन्दिर हुदै अन्नपूर्ण मावि सडकका लागि र पाउरोटीभण्डारदेखि चापाभञ्ज्याङ हुदै कार्की गाउँसम्मको सडकका लागि २० लाखका दरले बजेट बिनियोजन गरिएको छ । बाँकी २४ वटा योजना १० लाख रुपैयाँका रहेका छन् ।
तार्के डाँडा खमारी धर्तिपानी झिम्रेक सडक, साउनेपानी वडा कार्यालय डुम्रेडाँडा पाथीभरा आँपपिपल अस्पताल सडक स्तरोन्नती, सेन्ट जेभियरदेखि मरनघाट जाने वाटो र एघार किलोवाट छापगाउ सडक, दलभन्ज्याङ वडा कार्यालय कोलडाँडा हुदै मालढूङ्गा वाटो स्तरोन्नती, माथिल्लो भिरसिङ चैनपुर सडक निर्माणका लागि १० लाखका दरले बजेट बिनियोजन गरिएको छ । त्यस्तै ज्येष्ठ नागरिक मनोरन्जन केन्द्र, शहिद भिमसेन स्मृति प्रतिष्ठान पुस्तकालय भवन तथा पुर्वाधार निर्माण, दलित वहु उद्धेशिय सामुदायिक भवन, चापानी लिफ्टिङ खानेपानी योजना मुलावारी, फिनामटार खेलकुद मैदान, भट्टवेशी खेलकुद मैदान, रामशाह घाट पर्यटन पुर्वाधार निर्माण, भुलभुले खार तातोपानी पर्यटन पुर्वाधार विकास, घ्याच्चोक वहुउद्धेश्यिय समाजघर निर्माण, चेपे आदर्श युवा क्लव भवन निर्माण, त्रिवेणी मा.वि. घेरावार सेरा, ज्ञान ज्योति मा.वि. घेरावार, जनता मा.वि. घेरावार र शहिद मधु प्रतिष्ठान भवन निर्माणका लागि पनि १० लाखका दरले बजेट बिनियोजन गरिएको छ । त्यस्तै हुवामे ठोपो छेलिङ वौद्ध समाज घर निर्माण, मिलन सामुदायिक वहुउद्धेश्यिय भवन भण्डारी गाउँ, सामुदायिक पुस्तकालय तथा सार्वजनिक शौचालय वारपाक, गण्डकी महिला समुह भवन र जनशक्ति महिला सामुदायिक भवन आहालेका लागि पनि १० लाखका दरले बजेट बिनियोजन गरी स्वीकृत गरिएको जिल्ला समन्वय अधिकारी उपाध्यायले जानकारी दिए ।




