| शनिबार, कार्तिक २८, २०८३

राष्ट्रिय माविको महापुराणबाट जुट्यो ५० लाख

प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय मावि घलाङमा आयोजित महापुराणमा करिब ५० लाख रुपैयाँ सङ्कलन भएको छ । कात्तिक १ गतेबाट सुरु भई सातगतेसम्म सञ्चालन भएको महापुराणमा सो रकम सङ्कलन भएको आयोजकले जनाएको छ ।

सिटिइभिटी अन्तर्गतको पशुविज्ञान सम्बन्धी पढाइ सञ्चालन गर्न महापुराण आयोजना गरिएको थियो । धार्मिक अभियन्ता बासु घिमिरेले सङ्कल्पमा पण्डित इश्वर रेग्मीले भागवत कथाबाचन गरेका प्रधानाध्यापक नवराज बस्नेतले जानकारी दिए । ।

त्यस्तै धार्मिक महामेलामा एनआरएनका नवनिर्वाचित अध्यक्ष कुमार पन्त, नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठ, प्रतिनिधि सभा सांसद हरि अधिकारी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, कृषि मन्त्री लेखबहादुर थापा लगायत पनि सहभागी भएका थिए ।
महापुराणमा एनआरएन अध्यक्ष पन्तले तीनलाख रुपैयाँ दान गरेका छन् । रामबहादुर बस्नेतले दुईलाख रुपैयाँ, आफ्ना बुबा आमाको नामबाट शम्भु अधिकारी तथा दाजुभाइले एकलाख ८० हजार, बुबा आमाको नामबाट यादव बस्नेत तथा दाजुभाइले एकलाख ७१ हजार प्रदान गरेका प्रधानाध्यापक बस्नेतले । सो रकमबाट आउँदो शैक्षिक सत्रदेखि सिटिईभिटीबाट सम्बन्धन लिएर पशु विज्ञान बिषयमा कक्षा सञ्चालन गर्ने लक्ष्य विद्यालयले राखेका छ ।

प्रतिक्रिया दिनुहोस्