
मानव सेवा आश्रममा टिका र शुभकामना
४८ जना अनाथ बालबालिकाको आश्रयस्थल गोरखा स्थित मानव सेवा आश्रममा कोजाग्रत पूर्णिमाकोअवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार पाटेचौरस्थित आश्रम भवनमा आयोजित टिका कार्यक्रममा अभिभावकहरु जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारी दम्पति, गोरखा नगरपालिका वडा नं. ६ का अध्यक्ष नारायणप्रसाद अर्याल, व्रह्म कुमारी इश्वरीय विश्वविद्यालयकी पवित्रा, पण्डित कृष्ण प्रसाद भट्टराई, स्थानीय व्यवसायीहरु श्यामबाबु जोशी, उमा जोशी लगायतले टिका लगाई बालबालिकालाई दक्षिणा तथा फलफूल प्रसाद प्रदान गरेका थिए ।कार्यक्रममा आश्रमका सल्लाहकार धिरजबहादुर मास्के, अभिभावक इश्वर मास्के लगायतको सहभागिता रहेको थियो




