| शनिबार, कार्तिक २८, २०८३

घरपालुवा जनावरमाथि चितुवाको आक्रमण बढ्यो

गोरखामा घरपालुवा जनावरमाथि चितुवाको आक्रमण बढेको छ । चितुवाको आक्रमणबाट जिल्लामा मानवीय क्षती नभएपनि घरपालुवा जनावरको क्षति बर्षेनी बढ्दै गएको हो । गतबर्ष ८४ पशुचौपाया चितुवाले मारेकोमा चालु आर्थिक बर्षको तीन महिना नपुग्दै चितुवाले ४५ वटा घरपालुवा पशुचौपाया मारेको डिभिजन वन कार्यालयका प्रमुख तोयानाथ पौडेलले बताए । ‘साउन यता राहतको माग गर्दै ३३ जनाले निवेदन दिनुभएको छ’ उनले भने ‘३३ जनाको ४५ पशुचौपाया चितुवाले मारेको त विवरण आयो । तर हामीकहाँ सम्पर्कमा नआएका अरु पनि हुनुहुन्छ होला । चितुवाको आक्रमण बढ्दै गएको छ ।’ कार्यालयमा प्राप्त निवेदन अनुसार चितुवाले ११ बोका, २६ बाख्रा, ६ खसी र भैसीको पाडी र गोरु एउटा÷एउटा मारेको छ ।
कार्यालयमा प्राप्त निवेदनका आधारमा जिल्लाको भिमसेन थापा गाउँपालिका १, गोरखा नगरपालिका ३, शहिद लखन ८ र ९ मा चितुवाको आतंक बढेको छ । गोरखा नगरपालिका वडा नं १३,पालुङटार नगरपालिका वडा नं २, बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ र ६ लगायतका ठाउँमा पनि चितुवाको जोखिम रहेको पाईएको डिभिजन वन कार्यालयले जनाएको छ । गतबर्ष जिल्लामा ७४ बाख्रा, खसी, बोका र १० गाई गोरु गरेर ४२ किसानका ८४ पशुचौपाया चितुवाले मारेको थियो । जसवापत नौ लाख २३ हजार एक सय रुपैयाँ राहत दिईएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको तीन महिनामा चितुवाले मारेका ४५ पशुपौचायाका लागि सम्बन्धीत किसानलाई चार लाख १३ हजार चार सय १३ रुपैयाँ राहत उपलब्ध गराईएको मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए ।
बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशीका २०६९ अनुसार राहत उपलब्ध गराईएको हो । चितुवाले क्षति पु¥याएमा राहतका लागि घटना भएको ३५ दिनभित्र आबश्यक कागजात सहित डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्नेछ । डिभिजन वन कार्यालयका प्रमुखको नेतृत्वमा रहेको राहत रकम सिफारीस समितिले क्षतिका आधारमा निर्देशीका अनुसार राहत रकम निर्धारण गर्दछ । सोही रकम मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय मार्फत भुक्तानी गर्ने गरीएको कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
चितुवाको आक्रमणबाट पशुचौपायालाई जोगाउन सचेत रहन डिभिजन वन कार्यालयका प्रमुख पौडेलले आग्रह गरेका छन् ।‘साझँको समयमा चितुवाको आक्रमण बढि हुने पाईएको छ’ उनलेभने ‘साझँमा घर बाहिर नबसौं ।साना बालबच्चालाई एक्लै नछाडौं । घर वरपरका झाडी हटाऔं। जंगलको छेउछाउमा घर भएकाले झ्यालढोका राम्रो सँग लगाऔं ।’ घरपालुवा जनावर जोगाउन गोठ÷खोर सुरक्षीत बनाउन उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्