
घटस्थापनाको दिनमा गण्डकी प्रदेशमा सार्वजनिक विदा
गण्डकी प्रदेश सरकारले हिन्दू नेपालीहरुको बडादर्शैको पहिलो दिन अथवा आइतबार परेको घटस्थापनाको दिनमा सार्वजनिक बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्री परिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो ।
प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने प्राबधान छ । प्रदेश सरकारले दिन पाउने बिदा मध्येबाट उक्त बिदा दिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।




