| आइतवार, कार्तिक २९, २०८३

भारतीय राजदूतले गोरखामा गएर सोधे : बाबुरामजी कति पपुलर ?

 

गोरखामा पुगेपछि भारतीय राजदूत मञ्जिवसिँह पुरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको लोकप्रियताप्रति चासो राखेका छन् । गोरखाको पुनर्निर्माणको अबस्था बारे अवलोकन भ्रमणमा शनिबार आएका राजदूत पुरीले जनप्रतिनिधिको हैसियतमा रहेका भट्टराई लोकप्रियचाहिँ कति छन् भनेर सोधेका हुन् ।

गोरखकाली र गोरखनाथको दर्शन तथा गोरखा दरबारको अवलोकन गर्दै उनले गोरखाको डाँडाबाट बाबुरामको घर कता पर्छ ? भनेर सोधेका थिए । ‘उनी गोरखामा कति लोकप्रिय छन् ?’ राजदूत पुरीले सोधे, ‘जनप्रतिनिधि हुन्, मन पराउँछन् होला नि ?’

नेपालको पुनर्निर्माण प्रक्रियासँग भारत सरकार सन्तुष्ट रहेको नेपालका लागि भारतीय राजदूत मञ्जिवसिँह पुरीले बताएका थिए । गोरखाको पुनर्निर्माणको अबस्थाको अवलोकन गर्न शनिबार गोरखा आएका पुरीले चार बर्षको अवधिमा ८५ प्रतिशत पुनर्निर्माण हुनु सन्तोषजनक रहेको बताए ।

‘८५ प्रतिशत पुनर्निर्माण भएको छ, यसमा हामी धेरै खुशी छौं’, उनले भने, ‘नेपाल र भारत बीच मैत्री सम्बन्ध छ । त्यसैले हामी सँधै नेपाल र नेपाली खुशी रहेको देख्न चाहन्छौं । नेपाल सरकार खुशी छ भने हामी यसै खुशी हुन्छौं ।’

प्रतिक्रिया दिनुहोस्