
गोरखामा एक बर्षभित्रै राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी
अनुपमा खनाल :
सरकारले चालु आर्थिक बर्षभित्र नै गोरखामा राष्टिूय परिचय पत्रको आबेदन फारम दर्ता गर्न इकाई स्थापना गर्ने भएको छ । राष्टिूय परिचयपत्र तथा पञ्जीकरण विभागले गोरखासहित अन्य जिल्लामा परिचय पत्रको आबेदन फारम दर्ताका लागि इकाई स्थापना गर्न लागेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाको हलमा आयोजित कार्यक्रममा विभागका सुचना प्रबिधि शाखाका निर्देशक सुभाष ढकालले सहायक प्रमुख जिल्ला अधिकारी सम्पर्क ब्यक्ति रहने गरी जिल्लामा इकाई स्थापना हुने बताए ।
यो परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुने उनले जानकारी दिए । व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्टिूय परिचयपत्र वितरण गरिने प्राविधिक निर्देशक ढकालले जानकारी दिए ।
‘राष्टिूय परिचयपत्र प्राप्तिपछि नागरिकको मुख्य पहिचान नै यही हुनेछ’, उनले भने, ‘यो सुशासनको एक महत्वपूर्ण आधारमा बन्नेछ । सरकारी सेवा प्राप्तिको एक आधार नै राष्टिूय परिचयपत्र भएको हुनुपर्ने बन्नेछ । यसले व्यक्तिका दोहोरो पहिचानलाईको अवस्थालाई अन्त्य गर्नेछ ।’
परिचयपत्रका लागि फारम भर्न जिल्लाको वस्तुस्थिति र शान्ति सुरक्षा स्थिति हेरेर विभिन्न ठाउँमा घुम्ती शिविर पनि गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
परिचयपत्रका लागि आवेदन फारम भर्दा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्ने कार्यक्रममा जानकारी दिईएको छ ।
फाराममा औँलाछाप, आँखाको नानी, फोटो, राष्टिूयता, हस्ताक्षर उपलब्ध गराउनुपर्छ । अनलाइन प्रणालीबाट पनि फारम भर्न सकिने बताइएको छ ।
नेपाली नागरिकलाई राष्टिूय पहिचान सहितको बहुपयोगी बायोमेटिूक स्मार्टकार्ड प्रदान हुने भएकाले यसको मौलिक महत्व देखिन्छ ।
नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्टिूय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्टिूय पहिचानपत्र, मतदाता परिचयपत्रको रूपमा काम गर्नेछ भने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ ।
सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखको काम गर्नेछ ।
े कार्यक्रममा गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएपछि समाजमा हुने आपराधिक गतिविधिमा कमी आउने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयत्र सम्वन्धी इकाइ रहेपनि स्थानीय तहसँगको समन्वयमा प्रविधिको अवस्था हेरेर जिल्लाका स्थानीय तहबाट समेत सेवा दिनेगरी काम गर्ने बताए ।
कार्यक्रममा जिल्लाका बिै स्थानीय तहका जनप्रतिनिधी, जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, अधिकारकर्मी, शिक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।
प्रमुख जिल्ला अधिकारी लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।




