| आइतवार, कार्तिक २९, २०८३

गोरखा घ्याम्पेशाल सडकको बाँकी खण्ड भदौ दोस्रो साताभित्र कालोपत्रे हुने

अनुपमा खनाल :

गोरखा घ्याम्पेसाल सडकको बाँकी रहेको खण्ड भदौ दोस्रो सातासम्म कालोपत्रे हुने भएको छ ।

दोस्रो खण्ड अन्तर्गत घ्याम्पेशाल देखि फिनामसम्मको १०.२ किलो मिटर सडक कालोपत्रे गर्ने भूकम्पीय आपतकालीन सहायता परियोजना धादिङ गोरखा सडक निर्माण आयोजना कार्यालयले जनाएको छ ।

निर्धारित समय असार सात गतेसम्म कालोपत्रे नभएपछि समय थपिएको कार्यालयका इञ्जिनियर अशोक देवकोटाले जानकारी दिए । एशियाली विकास वैंकले सो खण्डमा काम सक्नका लागि भदौ १४ गतेसम्मको समय थपेको उनले बताए ।

निर्धारित समयसीमा भित्र काम नगरेको भन्दै एडिबीले म्याद थप्ने वा नथप्ने अन्यौल थियो ।

आयोजनाका इञ्जिनियर अशोक देवकोटाका अनुसार नेपाल आदर्श जेभी निर्माण कम्पनीले जिम्मा लिएको सो सडकखण्डमा अब करीब डेढ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ । एडिबीले भूकम्पीय आपतकालीन सहायता परियोजनाअन्तर्गत सो सडकका लागि ऋण सहयोग गरेको हो । दुईवटा प्याकेजमा गरिएको सो सडक कालोपत्रेको काममध्य पहिलो खण्डको काम भने सम्पन्न भैसकेको छ ।
बज्रगुरु सिनर्जी जेभी निर्माण कम्पनीले जिम्मा लिएको फिनाम देखि ताप्लेको कटुसघारीसम्मको ५.२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो ।

स्तरोन्नतीको काम पूरा हुँदा घ्याम्पेसालबाट कोखेआहालेसम्मको सडक ७ मिटर चौडाईको बन्नेछ । त्यसमध्ये पाँचमिटर सडक कालोपत्रे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्