| आइतवार, कार्तिक २९, २०८३

गोरखाको दुर्गममा पनि केन्द्रीय प्रसारण लाईन विस्तार गर्दै विद्युत प्राधिकरण, ७८.३ प्रतिशत ग्राहक केन्द्रीय प्रशारणको पहुँचमा

 

अनुपमा खनाल

गोरखामा ७८.३ प्रतिशत ग्राहकले केन्द्रीय प्रशारणको विद्युत प्रयोग गरेका छन् । जिल्लामा बसोबास गर्ने दुई लाख ७१ हजार ६१ जना मध्ये ७८.३ प्रतिशत जनसंख्याले केन्द्रीय प्रसारण लाईनको बिजुली उपभोग गर्दै आएका प्राधिकरणको गोरखा वितरण केन्द्रले जनाएको छ ।

क्षेत्रफलको हिसाबले भने जिल्लाको ३० प्रतिशत भूभागमा मात्र केन्द्रीय प्रशारण लाइन विस्तार भएको केन्द्रका प्रमुख माधब न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बिगत एक बर्षको अबधिमा करीब ११ प्रतिशत विद्युतका नयाँ ग्राहक थपिएका छन् । आर्थिक बर्ष २०७५÷७६ मा चार हजार सात ग्राहक थपिएका नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

अघिल्लो आर्थिक बर्ष ३७ हजार ६४ ग्राहक रहेकोमा अहिले ग्राहक संख्या ४१ हजार ७१ पुगेको छ । केन्द्रले ग्रामीण क्षेत्रमा विद्युत विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । अजिरकोट गाउँपालिका अन्तरगत मुच्चोकको राम्चे, धारापानी, कसुण्डे, सिम्जुङको झ्याँवा, पोखराटार, ढोडेनी र बालुवा तथा हंसपुरको धादिङगरा, काफलडाँडा र घोगिनीमा आर्थिक बर्ष २०७५÷७६ मा विद्युत विस्तार भएको छ । अघिल्लो बर्ष ५१.३ किलोमिटर ११ केभी र ९२.४१ किलोमिटर एलटी लाईन बिस्तार भएको केन्द्रले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीको धुनचोकटार, सौरपानी, हटियामा पनि केन्द्रीय प्रशारण लाईन बिस्तार भएपनि केहि प्राविधिक काम बाँकी रहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । ‘अबको दुई महिनामा बारपाकमा पनि केन्द्रीय लाईनको बिजुली बल्छ’ उनले भने ‘यही आर्थिक बर्षको अन्त्यसम्ममा लाप्राकमा पनि बिजुली पु¥याउने लक्ष्य छ ।’ चालु बर्ष थप चार हजार ग्राहक थप गर्ने केन्द्रको योजना छ । नयाँ प्रसारण लाईन बिस्तार सँगै प्रसारण लाइनको मर्मत सम्भारलाई पनि सँगसँगै अघि बढाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्