| आइतवार, कार्तिक २९, २०८३

साउन २ र १० गतेको नेपाल बन्द फिर्ता

नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको ‘नेपाल बन्द’ फिर्ता लिएको छ ।
लोकसेवा आयोगको विज्ञापनमा आरक्षण लागू नभएको विरोधमा महासंघले साउन २ र १० गते आब्हान गरेको नेपाल बन्द फिर्ता लिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष विष्णु राना मगरले बुधबार विज्ञप्ती जारी गर्दै बन्द स्थगन गरेको जानकारी दिएका छन् ।
मुलुकमा बाढीपहिरो गइरहेका बेला बन्द गर्नु अनुचित भन्ने ठहर सहित बन्द फिर्ता लिने केन्द्रिय निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
बन्द फिर्ता लिएपनि विरोधका अन्य कार्यक्रम यथावत् रहेका छन् ।
आन्दोलनमा राष्ट्रिय अपांग महासंघ, मधेसी, मुस्लिमलगायतका संस्था संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्