| आइतवार, कार्तिक २९, २०८३

गएरातिको बर्षाले पालुङ्टारको बागडाँडामा एक घर पहिरीयो, छ घर जोखिममा

गएरातिको बर्षाले गोरखाको पालुङ्टार नगरपालिका १० मा एक घर पहिरएको छ, अन्य छ घर पहिरोको जोखिममा रहेको छ । बागडाडास्थित रेशमबहादुर अधिकारीको घर पहिरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।
सोही वडाको धौखोलास्थित अमृत बिक, डिलबहादुर बिक, टिकामान बिक, बाबुराम बिक,दीपक बिक र हिराबहादुर बिकको घर जोखिममा रहेको वडा अध्यक्ष ऋषिराम धौरालीले जानकारी दिए ।
घरसंगैको सडकको नालामा बगेको पानीको भेलका कारण पहिरो घरसम्मै पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्