| आइतवार, कार्तिक २९, २०८३

खोलाले बगाएर यार्सागाउँका एकको मृत्यू

गोरखा : धार्चे गाउँपालिका ६ यार्साका एक वृद्धको खोलाले बगाएर मृत्यू भएको छ ।

लेकमा रहेको गोठबाट घर फर्कने क्रममा बाढि आएको यार्साखोलाले बगाएर ६० बर्षका लालबहादुर गुरुङको मृत्यू भएको गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले जानकारी दिइन् ।

उनको शव आफन्तजनले फेला पारेर दाहसंस्कार समेत गरेका उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्