| आइतवार, कार्तिक २९, २०८३

गोरखा नगरपालिकाको योजना सर्भे र अनुगमन ड्रोनबाट

 

अनुपमा खनाल :

गोरखा नगरपालिकाले डूोनको माध्यमबाट योजनाको अनुगमन गर्ने भएको छ । कानुनी प्रक्रिया पूरा गरी आउँदो साउनदेखि नगर क्षेत्रमा सञ्चालित योजनाको अनुगमन डूोनबाट गर्ने मेयर राजनराज पन्तले जानकारी दिए ।

मंगलबार कार्यालय परिसरमा डूोन उडानको परिक्षण गर्दै उनले डूोनको माध्यमबाट कार्यालयमै बसेर योजनाको अनुगमन गर्ने बताए । ‘अब हामी अफिसमै बसेर नगरक्षेत्रमा सञ्चालित साना ठुला योजनाको अनुगमन गर्न सक्ने भएका छौं’ उनले भने ‘योजना अघिको सर्भेमा पनि डूोनको डाटा प्रयोग गर्न सकिने भयो । यसले म्यानपावरकै काम गर्ने भयो । प्राविधिक जनशक्तिको अभावलाई पनि यसले केहि हदसम्म राहत मिल्छ भन्ने विश्वास छ ।’

डूोनको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न सजिलो हुने उनले बताए । ‘प्रदेश सरकारले भिजिट गण्डकी २०१९ भनेको छ’ उनले भने ‘हाम्रो नगर क्षेत्रका ओझेलमा परेका पर्यटकीय गन्तब्यको राम्रा फोटो र भिडियो खिचेर डकुमेन्टूी मार्फत पनि हामीले आफ्नो प्रचार प्रसार गर्न सक्ने भयौं ।’ विकसित प्रविधिको प्रयोग मार्फत सहज रुपमा कार्यसम्पादन गरी नगरवासीलाई छिटो छरितो सेवा दिन १५ लाख रुपैयाँको लागतमा डूोन खरिद गरेको उनले बताए ।


डूोनले सहि डाटा उपलब्ध गराउने नगरपालिकाका सुचना प्रविधि अधिकृत सुयोग खनालले जानकारी दिए । ‘यसले इरर एक्युरेसी एक सेन्टीमिटरमा निकाल्छ’ उनले भने ‘यसका लागि डूोनमा आरटिके मोडुल हुन्छ । एउटा टावर वेस स्टेशन हुन्छ । यिनीहरु सेटेलाइटसँग संयोजन गरेर तथ्यांक लिएर आउँछ । त्यसैले त्रुटिरहित डाटा पाउन सक्छौ ।’ प्रतिघन्टा ७०/८० किलोमिटरको गतिमा उडन सक्ने क्षमता भएको डूोनले एकपटकमा आठ किलोमिटर टाढासम्म उडेर फोटो तथा भिडियो खिचेर ल्याउने खनालले जानकारी दिए । ‘हामी कानुनको परिधिभित्र रहेर ५÷६ किलोमिटर उचाईमा र सिधा एलओइस ८ किलोमिटरसम्म डूोन पठाउन सक्छौ’ उनले भने ‘एकपटक उडाँउदा आधा घन्टादेखि ४५ मिनेटसम्म काम गर्छ । ब्याटिूबाट चल्ने हो । कन्टूोलरबाट ल्याण्ड गर्न सकिन्छ । फेरि ब्याटूी फेरेर पठाउन सकिन्छ ।’

यसबाट उच्च क्वालिटिको स्पष्ट देखिने फोटो र भिडियो प्राप्त गर्न सकिने उनले बताए । डूोनले ल्याएको डाटा कम्प्युटरमा हालेर प्रोसेसिङ मार्फत थ्रि डी मोडेल, जियोलोकेटिङ मोडल, क्लाउड प्वइन्ट मोडलमा बनाउन सकिन्छ । डूोनको माध्यमबाट ठुला निर्माण योजनाको अनुगमन, साइट प्लानिङ, जग्गासम्बन्धी सर्भेको काम गर्न सकिने उनको भनाई छ ।

यसले कर्मचारीको कार्यसम्पादनमा पनि सजिलो हुने उनले जानकारी दिए । ‘प्राविधिकलाई ४/५ दिन लाग्ने सर्भे बढिमा २ घन्टामा गर्न सकिन्छ’ उनले भने ‘फिल्डमा नगईकन कार्यालयमै बसेर काम गर्न सकिनेछ । यसले सेवाग्राहीले पनि छिटो सेवा पाउने भए ।’

प्रतिक्रिया दिनुहोस्