
इश्वर मल्लद्वारा विद्यालय र मन्दिरका लागि रु. ३३ लाखको अक्षयकोष स्थापना
अनुपमा खनाल :
गोरखाको मनकामनामा स्थायी घर भई तनहुँको आबुँखैरेनीमा बसोबास गर्ने इश्वर मल्लले विद्यालय तथा मन्दिरका लागि ३३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । ८६ बर्षीय मल्लले इश्वर–नीलकुमारी मल्ल अक्षयकोष स्थापना गरेका हुन् ।
विभिन्न विद्यालय र मन्दिर ब्यबस्थापनका लागि अक्षयकोष स्थापना गरेको जनाएका छन् ।
रामयुग मल्ल प्रतिष्ठानको हालै सम्पन्न चौथो बार्षिक साधारण सभामा घोषणा गरिएको अक्षयकोष रकम विभिन्न विद्यालय तथा मन्दिर ब्यबस्थापनका लागि बाँडफाँड गरिएको छ ।
स्थानीय भगवानदास मल्लका अनुसार शहीद लखन गाउँपालिका ३ मनकामनाको मनकामना माध्यामिक विद्यालय र सोही गाउँपालिकास्थित भोगटेनीको बक्रेश्वर माध्यामिक विद्यालय, पालुङटार नगरपालिका ८ रातमाटेको अकला माध्यामिक विद्यालय र आबुँखैरेनी गाउँपालिका ३ तनहुँको रामशाह माध्यामिक विद्यालयलाई पाँच÷पाँच लाख रुपैयाँ र शहीद लखन गाउँपालिका ३ को गंगाधर्म प्राथमिक विद्यालयलाई दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
उनले गोरखा नगरपालिका १३ देउरालीमा मल्ल कुलायन मन्दिरका लागि पाँच लाख, शहिद लखन गाउँपालिकाको बक्रेश्वर महादेव मन्दिर, त्रिवेणी माई मन्दिर र आबुँखैरेनीको कृष्ण मन्दिरका लागि दुई÷दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
सम्बन्धित विद्यालय तथा मन्दिरको नाममा माइ मनकामना सहकारी संस्थामा अक्षयकोष स्थापना गरेका आबुँखैरेनीका भगवानदास मल्लले जानकारी दिए ।




