| आइतवार, कार्तिक २९, २०८३

बारपाक सुलीकोटमा प्रदेश सरकारको १० करोडको कार्यक्रम

अनुपमा खनाल

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष बारपाक सुलिकोट गाउँपालिकामा दश करोड रुपैयाँ बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गत असार १ गते सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा बारपाक सुलीकोट गाउँपालिकाभित्र सडक, खानेपानी, सिञ्चाई, भवन र पूल निर्माणका लागि प्रदेश सरकारले दश करोड रुपैयाँ बजेट विनियाजन गरेको हो ।

प्रदेशको बजेट पुस्तिका अनुसार घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडकका लागि तिन करोड ५० लाख रुपैयाँ, चनौटे ताकुमाझ लाकुरीबोट पाल्खुसडक का लागि एक करोड रुपैयाँ र ढोडेनी सौरपानी ताकुकोट सडकका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।
खानेपानीका नौ योजनाका लागि एक करोड ८९ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

जसअन्तरगत सुम्रेखोला हिम्चु पोखरी गाउँ खानेपानी आयोजना, बारपाक सुलिकोट ४ को झाक्री स्वाँरा खानेपानी आयोजना, कुलगाउँ खानेपानी आयोजना, बारपाक सुलिकोट ६ को मैलुङ खानेपानी आयोजना र देउरालीको पारिगाउँ खानेपानी आयोजनाका लागि २०÷२० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।

बारपाक सुलिकोट ८ को उल्टे खानेपानी आयोजना र साकोसे धारा खानेपानी आयोजनाका लागि २१÷२१ लाख रुपैयाँ छुट्याएको छ । बारपाक सुलिकोट ५ को तल्लो आरुखर्क खानेपानी आयोजनाका लागि २२ लाख रुपैयाँ र बाँकोटको धारापानी खानेपानी आयोजनाका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

गण्डकी सरकारले बारपाक सुलिकोटमा तीनवटा सिञ्चाई योजना निर्माणका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । बाहुनबेसी बगरखेत सिञ्चाई योजनाका लागि ५० लाख रुपैयाँ, घुन्चोकटार सिञ्चाई योजनाका लागि ४० लाख रुपैयाँ र क्वउरा सिञ्चाई योजनाका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

प्रदेश सरकारे बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरामा इमर्जेन्सी सेल्टर निर्माणका लागि ९० लाख रुपैयाँ छुट्टाएको छ ।
यस्तै, जराङ खोला सडकमा पुल निर्माणका लागि ७५ लाख रुपैयाँ र दरौदी खोलामा झोलुङ्गे पूल निर्माणका लागि ११ लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारको बजेट पुस्तिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्