
पालुङ्टार नगरपालिकाद्वारा ८४ करोडको बजेट प्रस्तुत बच्चा जन्मनेबित्तिकै नगरपालिकाले एकहजार रुपैंयाको बैक खाता खोलिदिने
अनुपमा खनाल :
पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्र जन्मिएका बालबालिका हरुलाई एक हजार रुपैयाँको बैंक खाता खोलिदिने भएको छ । नगरपालिकाको कार्यालयमा मंगलबार आयोजित पाचौं नगरसभामा आर्थिक बर्ष २०७६/७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर दिपकबाबु कडेंलले बालबालिका को बैंक खाता खोलिदिने जानकारी दिए । बालबालिकाको लागि बचत गर्ने बानीको विकास गराउनका लागि यस्तो कार्यक्रम ल्याएको उनको भनाई छ । बचत गर्न सके उनिहरुको भविष्यका आवश्यकता पूरा गर्न सहज हुने र आयब्ययमा पनि पारदर्शिता हुने भएकाले यस्तो कार्यक्रम ल्याएको मेयर कडेंलले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक बर्षदेखि इसिडी र कक्षा १ मा अध्ययन गर्ने बालबालिकालाई प्रतिब्यक्ती पाँच सय रुपैयाँका दरले बिद्यार्थी ब्यबस्थापन अनुदान दिने निति तथा कार्यक्रम तय गरेको मेयर कडेलले बताए ।
शिक्षालाई प्राथमिकतामा राखेको निति तथा कार्यक्रम अनुसार नगरक्षेत्रका बिद्यालयले मासिक रुपमा नगरपालिका तथा नगर शिक्षा कार्यालयमा शैक्षिक कार्यप्रगति पेश गरेपछि मात्रै विद्यालय तथा शिक्षकको सेवा सुबिधा उपलब्ध गराईने उल्लेख छ । नगरपालिकाले आवासीय बिद्यालयको भौतिक पुर्बाधार निर्माण गर्ने र पालुङटारलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने उल्लेख छ ।
नगरपालिकाले बुउद्देश्यीय व्यापारिक भवन निर्माण, नगरपालिकाको अनुदान र समन्वयमा पर्यटन पूर्वाधार निर्माण, बसपार्क निमार्ण र संचालन, लिगलिगकोटमा उपयुक्त आकारको दृश्वालोकन केन्द्रको निर्माण र संचालन, हाटबजार केन्द्रको संचालन, बसपार्क निर्माण र संचालन व्ववस्थित वस्ति विकासको कार्यक्रम, फोहोरमैला प्रशोधन केन्द्रको निर्माण गर्ने योजना तय गरेको छ । आगामि आर्थिक बर्षदेखि कुमाल, वोटे, माझि जातीको प्रथा परम्परा संरक्षणका लागि नगरस्तरीय संग्रहालय निर्माण गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
परम्परागत रुपमा उत्पादन गरिएको टोप, छत्री, लगायत हस्तकलाका सामाग्रीलाई प्रोत्साहन स्वरुप नगरपालिका स्तरीय प्रदर्शनी कक्ष निर्माण गरिन भएको ेछ ।आगामी आ.व. देखि नगरपालिकाले आफ्नै नगर गीत, नगर लोगो तथा नगर फूल नगरसभावाट पारीत गरि निर्धारण गर्ने नगरपालिकाको निति छ । नगरपालिकाले एक वडा एक प्रमुख उत्पादनको नीति अघि सारेको छ । गरिवि निवारण र रोजगारी सृजना गर्नको लागि नगरपालिकाको कम्तिमा एक टोललाई नगर प्रमुख र एक महिला समूहलाई उप प्रमुखसंग आबद्ध गरि सघन गरिवि निवारणको कार्यक्रम संचालन गर्ने भएको छ ।
यसका लागि वार्ड नं.१, २ र ४ मा व्यवसायिक पशुपालन ३, ४ ,५ ,९ र १० मा व्यवसायिक तरकारी खेति तथा ६,७,८ र ९ का सम्भावित क्षेत्रमा व्यवसायिक फलफूल खेतिको अबधारणाका साथ कार्यक्रम अगाडि वढाईने छ । कृषि क्षेत्रको व्यवसायीकरण र बजारीकरणको लागि नगरपालिकाले कार्यक्रम तय गरेको छ । नगरपालिकाको वडा नं ६,७ र ८ मा उत्पादन हुने लिचि, केरा लगायतका फलफूलको व्यवसायिक उत्पादन र सहज बजारिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने र वडा नं ९ मा निर्माण हुने शीत भण्डारको निर्माण कार्य तत्काल थालनी गरि तरकारी र फलफूलको गोदाम गर्ने व्यवस्था मिलाउने मेयर कडेंलले जानकारी दिए ।
निति तथा कार्यक्रममा वातावरण संरक्षण तथा बिपद व्यवस्थापन, संस्थागत विकास क्षमता अभिवृद्धि तथा सुशासन, कृषि, पर्यटन, महिला तथा बाल बालिका सँग सम्बन्धित कार्यक्रम पनि समेटिएको छ ।
नगर सभामा उप मेयर पम्फा बसेलले आगामी आर्थिक बर्षका लागि ८४ करोड ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरिन । उनले चार करोड १० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको पनि जानकारी दिईन् ।




