| आइतवार, कार्तिक २९, २०८३

गण्डकी प्रदेशबाट गोरखालाई ६१ करोडको सडक योजना (कहाँकहाँ कति कति पर्यो ? बिस्तृत बिबरणसहित)

 

अनुपमा खनाल :

गण्डकी प्रदेश सरकारले गोरखाको सडक पुर्वाधारका लागि ६१ करोड रुपैँया विनियोजन गरेको छ । प्रदेश सरकारको आर्थिक बर्ष २०७६÷७७ को बजेट पुस्तिका अनुसार पूर्वाधार विकास मन्त्रालय अन्तरगत गोरखाका सडक स्तरोन्नती, मर्मत तथा नयाँ टूयाक खोल्नका लागि ६१ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

पूर्वाधार विकास कार्यालय लमजुङमार्फत कार्यान्वयन हुने ती योजनाहरु ५० लाखदेखि ६ करोड रुपैयाँसम्मका छन् ।

प्रदेश सरकारले गोरखाका सडकमा विनियोजन गरेको रकमका आधारमा नारेश्वर पँडिनी चौतारा निबेल ताकुकोट सडकलाई धेरै रकम छुट्याएको छ । सो सडकलाई छ करोड रुपैयाँ विनियोजन भएको छ । पालुङटारको राधाकृष्ण मन्दिर कालामाटा पौवाटार सलाङगिरी हटिया मझुवा सडकका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तीनवटा सडकलाई चार(चार करोड रुपैयाँ विनियोजन गरिएको छ । ढुंगागाडेभन्ज्याङ बुंकोट नाम्जुङ घैरुङ मनकामना सडक, अजिरकोट गाउँपालिका ४ ढोडेनी हुँदै सिम्जुङ गोगनपानी जोडने भच्चेक सडक र बारपाक लाप्राक सडकका लागि चार(चार करोड रुपैयाँ बिनियोजन गरिएको छ । प्रदेशले घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडकका लागि तीनकरोड ५० लाख रुपैयाँ छुट्याएको छ ।
दुई करोड रुपैयाँका दुईवटा सडक योजना छन् । फिस्लिङ भुम्लिचोक गाउँपालिकाको केन्द्र सडक स्तरोन्नति र रुइला भन्ज्याङ साम्दो ल्हो प्रोक विहि सिर्दीबास सडकका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

बिभिन्न नौ वटा सडकका लागि एक करोड ५० लाख रुपैयाँका दरले बजेट छुट्टाईएको छ ।

पालुङटार केराबारी बुधसिंह दुधपोखरी सडक, गैरीछाप बालुवा आरुपोखरी आरुघाट सडक, समीफेद पन्थडिही कटहरे हर्मी सडक, सभाचौतारो आपँपिपल अस्पताल आँपपिपल सडक, सिउरेनीटार फिस्लिङ बुटार राइनास बनौती सडक, काशीगाउँ केरौजा रुन्चेत सडक, लाप्राक सिङला उहिया सडक, सातदोबाटो जोगीडिही बागडाँडा गाईखुर पालुङटार सडक र रबर उद्योग गोप्लिङ धुवाँकोट च्याङली सडकका लागि प्रतिसडक एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

प्रदेश सरकारले गोरखाको तिनवटा सडकका लागि एक÷एक करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशको बजेट पुस्तिकामा उल्लेख भए अनुसार आरुघाट फुलपाती भन्ज्याङ स्वाँरागाउँ लापु सडक, सोतीमान्वु काशीगाउँ सडक र माछाखोला लप्सीबोट यामगाउँ गुम्दा सडकका लागि एक(एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक अन्तरगत नै ७५ लाख रुपैयाँका १८ वटा योजना छन् ।
जसअन्तरगत लक्ष्मीबजार घैरुङ मोटरबाटो, जुम्लीचौतारा राइनास सडक, मकैसिंह बुटार, घैरुङ फुजेल सडक, गैरीचौतारा छापथोक मैलुङ सडक, कयापानी चौतारा धावा आरुघाट सडक, फूलपाती भन्ज्याङ अलैचे हुँदै स्वाँरा सडक र बडडाँडा सामाचौर फलामखानी बानियाँगाउँ नर्सरी आपँपिपल सडक छन् ।

यस्तै, प्रदेश सरकारले भच्चेक लप्सीबोट खरिबोट ओलाङ सडक, सिम्जुङ घ्याल्चोक धनसिरा सडक, मुसेखोला दानीगाउँ नाम्रुङ सडक, ठाँटी कुलगाउँ हल्दारगाउँ चिहानडाडाँ सडक, ढोडेनी सौरपानी ताकुकोट सडक र चनौटे ढिस्का हुँदै भच्चेक सडकका लागि पनि ७५(७५ लाख रुपैयाँ बिनियोजन भएको छ ।

यसैगरी, झिंगटे अश्राङ बोर्लाङ पिपलटार सडक, बुंकोट काहुने भँगार चौताराडाँडा रिपथोक रामभन्ज्याङ हुदै फुजेल सडक, लापुगाउँ लापुवेशी सडक र खोर्लाबेशी उहिया सडकका लागि पनि ७५÷७५ लाख रुपैयाँ विनियोजन भएको गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

५० लाखका दुई सडक योजना परेका छन् । गोरखा नगरपालिकाको नयाँबजार मान्द्रेढुंगा छेपेटार सडक र अजिरकोट गाउँपालिकाको झ्याल्लाफाँट ओलाङ साउने सडकका लागि प्रदेश सरकारले ५०÷५० लाख रुपैयाँ विनियोजन गरेको हो ।
बजेट तथा कार्यक्रम बारे छलफल जारी रहेकाले गोरखाको बजेट तथा कार्यक्रम संशोधन हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्