
बिप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दसहितका चार दिने आन्दोलन घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाल बन्द सहितका चारदिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका सो विज्ञप्तिमा ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
विज्ञपित अनुसार असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । विज्ञप्तिमा असार ५ गते हत्या भएका पौडेललाई सा पार्टीले सहिद घोषणा गर्दै हत्याकाण्डको छानविनको माग समेत गरिएको छ





