| आइतवार, कार्तिक २९, २०८३

सांसद गुरुङद्धारा बजेट विनियोजनको आधार माग

गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङले प्रदेश सरकारको बजेटले यूवा र महिलालाई उपेक्षा गरेको आरोप लगाएकी छिन् । संसदमा बजेटमाथि टिप्पणी गर्दै उनले अहिलेको बजेटले स्वरोजगार सिर्जना गर्ने र यूवालाई विदेश पलायन हुनबाट रोक्नु आकर्षक कार्यक्रम दिन नसकेको बताईन् ।
यूवाको लागि विनियोजन गरेको ५ करोड रुपैयाँले यूवा जनशक्तिलाई देशमै रोजगारीको सिर्जना गर्न र विदेश पलायन रोक्न नपुग्ने उनको तर्क छ ।
होमस्टेका लागि २५ करोड छुट्याएको सरकारले ४४ वटा पर्यटकीय गन्तब्यमा पूर्वाधार बनाउनको लागि १७ करोड मात्रै विनियोजन गर्नु उपयुक्त नहुने उनले बताईन् । बजेट विनियोजनको आधार पेश गर्न उनको माग छ ।
‘महिला र लक्षित बर्गको लागि भनेर १० हजार जनालाई रोजगारीका लागि तालिम दिन १७ करोड छ । यो कसरी सम्भव हुन्छ ?’, उनले भनिन्, ‘आईएनजीओ र एनजीओले प्रशस्त तालिम दिईसकेको छ । अहिलेसम्म लिएको सीप चाहिँ कहाँ लगेर ब्यवस्थित गर्ने ? तालिम दिएर मात्रै केही हुँदैन । तालिम लिएपछि त्यसको प्रयोग गर्न पाउने ग्यारेण्टी सरकारले गर्नुपर्छ । अहिलेसम्म तालिम लिएको सीपको नै उपयोग भएको छैन । फेरि तालिम भनेर बजेट ल्याउँदा ब्यवहारिक हुन सकेन ।’ पर्यटनको पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकार चुकेको उनले बताईन् । कार्यकर्तामुखी बजेट परिमार्जन गर्न उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्